
काठमाडौं (एजेन्सी) । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्न भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता गर्ने र हमासले बन्दी बनाएका सबै बन्धकहरूलाई रिहा गर्ने सर्तसहित पूर्ण युद्धविराम सम्झौता भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस द्वन्द्वका पीडित र प्रभावितको ठूलो पीडा कम गर्नु पहिलो प्राथमिकता रहेको भन्दै प्यालेस्टाइनीहरूलाई थप सहायता सामग्री तथा सहयोग बढाउने बताएका छन् ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा झण्डै एक हजार दुई सय मानिसहरूको ज्यान गएको थियो । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाएको थियो । ९४ जना अझै पनि हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान छ ।
गएको अक्टोबरमा हमासले गरेको आक्रमणको बदलामा इजरायलले गाजामा युद्ध शुरू गरेको थियो । यो युद्धमा अहिलेसम्म ४६ हजारभन्दा धेरै प्यालेस्टाइनीहरू मारिएका हमासले सञ्चालन गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ माघ २०८१, बिहीबार ०८:५८
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
