
काठमाडौं । दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् ।
तिलः अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।
टुसा पलाएको भटमासः हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।
सेल्मन माछाः हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।
काँक्रो, बन्दाकोबीः हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।
बदामः मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ ।
Sudina Shrestha
प्रकाशित: २ माघ २०८१, बुधबार १०:४०
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
