
लस एन्जलस (एजेन्सी) । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । प्रशासनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ ।
सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरू ढलेका छन् । दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौँ अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपि धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुूले आशङ्का व्यक्त गरेका छन् । लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ ।
अन्य ६० हजार भवन जोखिममा परेका छन् । आगलागी र डढृलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए । यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नु पर्ने चेतावनी दिइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ पुष २०८१, आईतवार ०८:३६
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
