भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं (एजेन्सी) । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको गएरति दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनी ९२ वर्षका थिए । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।
उनी बिहीबार घरमा अचानक बेहोस भएका थिए ।

बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरिएका हो । सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १२ पुष २०८१, शुक्रबार ०९:५१