
काठमाडौं (एजेन्सी) । जापानी अटो कम्पनीहरु होन्डा र निसानले एक अर्कामा गाभिने प्रक्रिया शुरू गरेका छन् । चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय गाडीसँग प्रतिस्पर्धा गर्न सकस परिरहेको सन्दर्भमा दुइ वटा कम्पनी एक अर्कामा गाभिने भएका हुन् ।
मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । होन्डाले नयाँ होल्डिङ कम्पनीको अध्यक्ष मनोनीत गर्नेछ । यसको बोर्ड प्रायः होन्डाका कार्यकारीहरू मिलेर बनेको हुनेछ ।
मर्ज भएर एकीकृत कारोबार शुरू भएपछि यो विश्वको अटो उद्योगमा तेस्रो ठूलो कम्पनी हुनेछ । जसले विद्युतीय गाडी र स्व–चालक प्रविधिको विकासलाई विस्तार गर्ने समाचारसंस्था एएफपीले जनाएको छ ।
अहिलेसम्म टोयोटा जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ । कमजोर उपभोक्ता खर्च र विभिन्न बजारमा कडा प्रतिस्पर्धाले धेरै गाडी निर्माताहरू समस्यामा पर्दै गएका छन् ।
गाडीको ठूलो बजार चीनमा विदेशी ब्रान्डहरूका लागि व्यवसाय कठिन भएको छ । चीनमा कम प्रदूषणकारी गाडीको माग बढ्दै जाँदा बिवाइडी जस्ता विद्युतीय गाडी निर्माताहरूले अगुवाइ गरिरहेका छन् । चीनले गएको वर्ष जापानलाई सबैभन्दा धेरै गाडी निर्यातकका रूपमा पछाडी पारेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ पुष २०८१, मंगलवार ०९:०७
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको मृत्यु

उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी

राप्रपाले प्रदर्शनले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

परराष्ट्रमन्त्री आरजु देउवा आज बैंकक जाँदै

हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन
