
- फोटो : पद्मसागर कक्षपति
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्वको लागि निर्मला शर्मा नेतृत्वको प्यानल नै विजयोन्मुख छ । एमालेनिकट प्रेस चौतारी नेपाल र कांग्रेस निकट प्रेस युनियनको साझा उम्मेदवार बनेकी शर्मा नेतृत्वको प्यानल जितोन्मुख भएको हो ।

यो प्यानलमा रहेका अधिकांश पदाधिकारीहरु ४०० देखि १ हजार मतान्तरले अगाडि रहेका छन् । यद्यपि, निर्वाचन समितिले जिल्ला जिल्लाबाट मत संकलन गरिरहेकाले एकमुष्ठ विवरण सार्वजनिक गरेको छैन ।

प्रेस युनियनका बागी अध्यक्ष उम्मेदवार रमेश विष्टलाई माओवादी केन्द्र समर्थित प्रेस सेन्टर, एकीकृत समाजवादी समर्थित समाजवादी प्रेसलगायतले समर्थन गरेको भए पनि जितलाई पर्याप्त नहुने देखिएको हो ।

महासंघको अध्यक्षमा शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरी चुनावी मैदानमा छन् ।
त्यस्तै उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् । महासंघको महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा भने प्रेस सेन्टरका उम्मेदवार रामकृष्ण अधिकारीको सम्भावना देखिएको छ । केन्द्रदेखि अधिकांश प्रदेश र जिल्लामा सत्तारुढ एमाले र कांग्रेस समर्थित पत्रकार संगठनहरुको गठबन्धन र माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत समर्थित संगठनसहित प्रेस युनियनको वागी पक्षको प्यानलबीच प्रतिस्पर्धा भएको छ । अहिलेसम्म घोषित मत परिणामअनुसार तीन केन्द्रीय सदस्य प्रेस सेन्टरले जितेको छ ।

प्रदेशतर्फ बागमती, एसोसिएट र उपत्यका माओवादी निकट प्रेस सेन्टरले जितेको छ । अन्य प्रदेशमा भने चौतारी र युनियनको गठबन्धन नै अगाडि छ । अहिले गणना भइरहेको उपत्यका प्रदेशमा विष्टले लिड गरेका छन् भने एसोसियटमा भने शर्माले लिड गरिरहेकी छन् ।
अन्य प्रदेशको नतिजामा शर्माले अग्रता लिइसकेकी छन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अधिकांश निर्वाचनको परिणाम आइसकेको र करिब ५०० मतान्तरले अध्यक्षमा जित्ने संकेत आएको बताए ।
उपत्यका, कोशी, गण्डकी, लुम्बिनी, बागमती, प्रतिष्ठान ६ प्रदेशको मत गन्दा शर्माले ३ हजार ९२ मत ल्याउँदा विष्ट २ हजार २७४ मत ल्याएर पछ्याइरहेका छन् । शर्मा अहिले ८१८ मतले अगाडि छिन् । अहिले कर्णाली, सुदूरपश्चिम, मधेश र एसोसिएट प्रदेशको मतगणना जारी छ । यी तिनै प्रदेशमा पनि निर्मला शर्मा प्यानलकै अग्रता रहेको छ ।
लुम्बिनी प्रदेशबाट प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनमा रहेका दुई केन्द्रीय सदस्य विजयी भएका छन् । चौतारीको तर्फबाट कपिलवस्तुका विकास बन्जाडे र युनियनको तर्फबाट रुपन्देहीका रामराज पोखरेल विजयी भएका हुन् । काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएकी छन् । औपचारिक घोषणा गर्न बाँकी छ । शोभा माओवादी निकट प्रेस संगठन नेपालमा आवद्ध छिन् ।
Sudina Shrestha
प्रकाशित: २९ मंसिर २०८१, शनिबार १५:३५
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
