
काठमाडौं । विभिन्न सेक्स हारमनेनहरुको मूल उद्देश्य एउटै हुन्छ मानव वंशको वृद्धि तर हारमोनले आफै यो काम गर्न सक्दैनन् । मानव वंश बृद्धिका लागी मानव शरीरमा रहेको विभिन्न हारमोनले विभिन्न किसिमको भुमिका खेलेको हुन्छन् । जसरी हुन्छ पुरुषको शुक्राणुलाई स्त्रीले आफ्नो डिम्वसँग मिलन गराएर जीव उत्पत्तिको महत्वपूर्ण भूमिका खेल्नु आवश्यक रहन्छ ।
यसरी स्त्री पुरुषबीको मिलनको लागी मानव शरीरमा विपरीत लीङ्गीप्रतिको आकर्षण तथा सामानको लागि आत्मैदेखि पुर्ण रुपले तयार हुनु तथा यौन समागम पछिको अवस्थालाई जिम्मेवारी पुर्ण तरीकाले अगाडी बढाउनु आन्तरिक तथा बाह्य अङ्गको विकास तथा सामाजिक आर्थिक रुपले आफू विस्वस्त हुन जरुरी हुन्छ ।
सेक्सको लागी आवश्यक पर्ने पहिलो विषय चाहना वा सेक्स गर्न उत्प्रेरित गर्ने तत्वको विकास हो, त्यसलाई कामवासना भनिन्छ । कामवासना उत्पत्रिका मानिस जव बाल्यकालबाट युवा अवस्था वा किशोर अवस्थातिर उकालो लाग्दछ तव उसको शरीरमा परिवर्तन देखा गर्न थाल्दछ जुन परिवर्तन कामवासनाको उत्पत्ति हुने खालको रहन्छ जुन वासनाको प्रभावले स्त्री तथा पुरुष एक आपसमा परागमनको लागी तयार रहन्छन् ।
यो अवस्थामा स्त्री तथा पुरुषमा भिन्न(भिन्न शारीरिकपरिवर्तन भई एक अर्कालाई आकर्षित गर्ने खालको रहन्छ । जस्तो पुरुषको कामवासना उत्पत्ति हुन थाल्दा कंधा र छाती चौडा हुनु, तिघ्रा लामो र पुष्ट हुन थाल्नु, अनुहारमा दाही जुगां आउन थाल्नु, काँखीमुनि तथा लिङ्गको वरिपरी कैला रौँ बढ्न थाल्नु, स्वर घोक्रो हुन थाल्नु, लिङ्ग सामान्य अवस्थामा पनि नियमित उत्तेजित हुन थाल्नु वा अलिअघिको स्पर्शले पनि आनन्दको अनुभूति हुनु अनि स्त्री जातिका अगाडी आफुलाई सुन्दर पार्न, फुुर्तिलो देखाउन वा प्रभाव पार्ने कुनै काम गर्न मन लाग्नु,स्त्रीका गोप्य अङ्गको बारेमा जानकारी लिन कौतुहलता लाग्नु, कुनै त्यस्तो सेक्स सम्दन्धि कुरा वा दृश्य हेर्न र जान्न पनि इच्छा लाग्नु, स्त्री जातिको अगाडी आफु लाज लाग्नु , समय समयमा स्त्री जाती वा केही साथीको शरीरमा छुन मन लाग्ने, कुरा गर्न, सँगै नास्ता खान वा हिड्डुल गर्न मन लाग्नु जस्तो विविध लक्षणहरु देखा पर्दछ जसको लक्षण हो पुरुषमा कामवासनाको उत्पत्ति हुन लागेको छ ।
पुरुषमा मात्र होइन स्त्रीमा काम वासनाको उत्पत्तिको आफ्नै लक्षण हुन्छन् । स्त्रीको पनि आफ्नो शारीरिक बनोटमा विस्तारै परिवर्तन आउन थाल्दछ । हारमोनको कारणले नै एउटी केटीमा पुर्ण परविर्तन आई एउटी स्त्री बन्न थाल्छिन्, काधँ र कम्मर भन्दा तल (नितम्बामा) वोसो जम्मा हुन थाल्दछ, शरीर भरिएको र गोलो तथा आकर्षक हुन थाल्दछ, उनको जनन्द्रियअङ्गको राम्रो विकास भई बच्चा विकसित हुन सक्ने क्षमताको रहन्छ ।
पुरुषको तुलनामा स्त्रीको कामवासनाको उत्पत्तिको समयमा हारमोनहरुले खेल्ने भूमिका विविध तथा विशेष किसिमको रहन्छन् । पुरुषको कार्य आफ्नो वीर्य उनको योनीभित्र पु¥याउनमा गएर सकिन्छ । भने स्त्रीको त्यतिले सीमित रहदैँन । स्त्रीले त्यो शुत्रलकिटलाई १० महिना गर्भमा लालन गरी पुर्ण विकास बच्चाको रुपमा जन्म दिनुसम्म रहन्छन् ।
नितम्बको भागमा जम्मा हुने बोसोले सेक्सको समयमा हुने कुनै पनि लैँगिक प्रहार वा योनीभित्र हुने लिङ्गको क्रियाकलापलाई थेग्ने आवश्यक शक्ति सञ्चयको लागी रहन्छन । गर्भाशयको विकास तथा वितारले बच्चाको आकार बृद्धिमा समायोजन तुल्याउन खोज्दछ ।त्यति मात्र होइन स्वीको कामवासनाको उत्पत्तिको सबैभन्दा बलियो प्रमाण चाँहि उनमा हुने नियमित रजस्वालाको शुरुवात हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार ०९:४१
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
