काठमाडौं (एजेन्सी) । लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यो सम्झौता आजदेखि लागू हुने जनाइएको छ ।
युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गरेको छ ।
लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताएको खबरमा उल्लेख छ । उनले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गरेको छ ।
राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-27
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
