एजेन्सी । इजरायलले हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । सिनवारको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट उनी मारिएको पुष्टि भएको हो ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको छ ।
आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार सिनवार रहेको जनाएको छ ।
सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ । सो आक्रमणका क्रममा करिब १ हजार १३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।
इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो । सन् २०२३ अक्टोबर ७ देखि हमास इजरायली सेनासँग लड्दै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-18
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
