
काठमाडौं (एजेन्सी) । इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या १४ सय पुगेको छ । हिजबुल्लाहविरुद्धको आक्रमणलाई तीव्रता दिँदा पछिल्लो ११ दिनमा १४ सय जनाको मृत्यु भएको हो ।
राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आक्रमणमा परी १ सय बालबालिकाको मृत्यु भएको जनाएको छ । आक्रमणबाट ७ हजार ५ सय मानिस घाइते भएका र १० लाख मानिसहरु विस्थापित भएका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगका अनुसार इजरायलको आक्रमणका कारण हालसम्म २ लाख मानिसहरु सिरियातर्फ भागेका छन् ।
सिरियामा युद्धबाट ज्यान जोगाउन लेबनानमा शरणार्थी जीवन बिताइरहेकाहरु पुनः सिरियातर्फ नै भाग्न बाध्य भएका हुन् । इजरायलले बेरुतस्थित हिजबुल्लाहका केन्द्रहरु लक्षित गर्दै हवाई आक्रमण गर्ने क्रम जारी राखेको छ ।
लेबनानी सहर त्रिपोलीमा भएको आक्रमणमा हमासका वरिष्ठ नेता र उनको परिवार मारिएको हमासले जनाएको छ । तर इजरायलले यसको औपचारिक पुष्टि गरेको छैन । यता, इजरायली सेनाले स्थल आक्रमण पनि जारी राखेको छ ।
Sudina Shrestha
प्रकाशित: २० आश्विन २०८१, आईतवार ०९:४४
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता
