
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । ट्रम्प लक्षित गोली चलेपनि उनी सुरक्षित रहेको बताइएको छ ।
समाचारहरुका अनुसार फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा उनी लक्षित गोली चलेको थियो । ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन् । उनको नजिकै गोली चलेको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
यो घटना गत जुलाई १३ मा पेन्सिलभेनियाको र्यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो । त्यतिखेर उनको कानको टुप्पोमा गोली लागेर बाँच्न सफल भएका थिए ।
Sudina Shrestha
प्रकाशित: ३१ भाद्र २०८१, सोमबार ०८:३६
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
