काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । ट्रम्प लक्षित गोली चलेपनि उनी सुरक्षित रहेको बताइएको छ ।
समाचारहरुका अनुसार फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा उनी लक्षित गोली चलेको थियो । ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन् । उनको नजिकै गोली चलेको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
यो घटना गत जुलाई १३ मा पेन्सिलभेनियाको र्यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो । त्यतिखेर उनको कानको टुप्पोमा गोली लागेर बाँच्न सफल भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-16
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
