
काठमाडौं (एजेन्सी) । भोकमरी बढेपछि नामिबियाले ८३ वटा हात्तीसहित ७ सय २३ वटा जङ्गली जनावरलाई मार्ने योजना बनाएको छ । नामिबियाले जङ्गली जनावर मारेर तीव्र खडेरीका कारण खाना पाउन सङ्घर्ष गरिरहेका मानिसहरूलाई मासु वितरण गर्ने योजना बनाएको वातावरण मन्त्रालयलार्य उद्र्धत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज र सामुदायिक क्षेत्रका जनावर मार्ने योजना बनाएको छ । चरन क्षेत्र र पानी कम भएका तर जनावर धेरै भएका जङ्गलका जनावर मारिने खबरमा उल्लेख छ । नामिबियाले मार्ने जनावरमध्ये ८३ वटा हात्ती रहेका छन् ।
यस्तै, ४० वटा जलगैँडा, ६० वटा अर्ना, १ सय ५० वटा जरायो, १ सय वटा निलगाई र तीन सय वटा जेब्राघोडा मारिने जनाएको छ । संयुक्त राष्ट्र सङ्घका अनुसार दशकौँदेखि सबैभन्दा खराब खडेरीको सामना गरिरहेको नामिबियाले गएको महिना आफ्नो खाद्य भण्डारको ८४ समाप्त गरिसकेको छ ।
आउँदा महिनाहरूमा नामिबियाको लगभग आधा जनसङ्ख्याले उच्च स्तरको खाद्य असुरक्षाको सामना गर्नुपर्ने राष्ट्र संघले चेतावनी दिएको छ । यदि सरकारले भोकमरीको समस्या समाधान नगरेमा मानव–वन्यजीव द्वन्द्व बढ्ने जोखिम छ ।
यसअघि नै सरकारले एक सय ५० जना जनावर मारेर ५७ हजार किलोग्राम मासु नागरिकलाई वितरण गरिसकेको छ । आफ्नो देशले जङ्गल र जनावरको निकै संरक्षण गरिरहेको भन्दै नामिबियाको वातावरण मन्त्रालयले पर्यावरण र विविधतामा फरक नपर्नेगरी सिकार गरेर नागरिकलाई मासु वितरण गरिने जनाएको छ ।
दक्षिण अफ्रिकाका पाँच देशहरू जिम्बावे, जाम्बिया, बोत्सवाना, एन्गोला र नामिबियामा फैलिएको संरक्षण क्षेत्रमा दुई लाख वटा भन्दा धेरै हात्तीहरू बस्ने अनुमान छ । गएको वर्ष बोत्सवाना र जिम्बावेमा खडेरीका कारण सयौँ हात्ती मरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ भाद्र २०८१, बुधबार १०:३५
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
