
काठमाडौँ (एजेन्सी) । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
आक्रमणको जिम्मेवारी लिने प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेशन आर्मी बीएलएले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो । ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो । जसमा २३ यात्रुहरू मारिएका थिए । लास बेला जिल्लामा छुट्टै आक्रमणमा, आतंकवादीहरूले आफ्नो विस्फोटकले भरिएको गाडीलाई सेनाको क्याम्पको मुख्य गेटमा ठक्कर दिँदा करिव पाँच सैनिकको मृत्यु भएको थियो ।
शिविर नजिकै दुई आत्मघाती हमलाकारीले आफूलाई विस्फोट गराउँदा शिविरभित्र बस्ने एक सैनिकको परिवारका आठ सदस्यको पनि मृत्यु भएको थियो । एउटा छुट्टै घटनामा, बलुचिस्तान प्रान्तको कलात जिल्लामा एक टोल प्लाजा, एउटा अस्पताल र एक जनजाति अगुवाको घरमा आतङ्ककारीहरूले आक्रमण गर्दा पाँच सुरक्षाकर्मीहरू सहित १० जनाको मृत्यु भएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ भाद्र २०८१, मंगलवार १०:३२
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

कपिलवस्तुबाट आठ महिनामा ८४ जना लागुऔषध कारोबारी पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट

छुट्टाछुट्टै तीन दुर्घटनामा १४ जना घाइते

सरकार विरुद्ध माइतीघरमा विरोध प्रदर्शन

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी
