काठमाडौं । नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको पाइएको छ । विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताएको हो ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले मुखमा हुने क्यान्सरलाई कम गर्न अस्पतालले देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै निःशुल्क स्वास्थ्यजाँच गरिरहेको जानकारी दिए ।
कलेजका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठ, ओरल मेडिसिन विभागका प्रमुख प्राडा सिद्धार्थ गुप्ता, दन्त जनस्वास्थ्य विभाग प्रमुख डा सुजिता श्रेष्ठलगायतले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक धेरै मानिसको ज्यान जाने गरेकाले यसलाई रोक्न सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए ।
पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन् । नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८ दशमलव नौ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको तथ्याङ्क छ । त्यसअवसरमा कलेजका विद्यार्थीले धूमपानबाट हुने मुखको क्यान्सरसम्बन्धी नाटक प्रदर्शन गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
