काठमाडौं (एजेन्सी) । मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने यो पहिलो पटक हो । नासाको अन्तरिक्षयान मार्स इनसाइट ल्याण्डरले सन् २०१८ देखि २०२२ सम्म मङ्गल ग्रहको भित्री भाग अध्ययन गरेर सङ्कलन गरेको तथ्याङ्क अनुसार त्यहाँँ पानीको भण्डार भएको पुष्टि भएको वैज्ञानिकले बताएका छन् । ल्याण्डरले सिस्मोमिटर प्रयोग गरेर अनुसन्धान गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-08-13
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
