
काठमाडौं (एजेन्सी) । बंगलादेशको संसद भंग भएको छ । राष्ट्रपति महममद शाहबुदिनले मंगलबार संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
केही महिनाअघि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको हो । अहिलेको संसद बंगलादेशको १२औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच प्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकैदिन १३५ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड गरेका छन् । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।
Sudina Shrestha
प्रकाशित: २२ श्रावण २०८१, मंगलवार १८:४०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
