
काठमाडौं । नेपाली कांग्रेसकानेता शेखर कोइराला पक्षले पार्टीभित्र प्रदेश सरकारमा मन्त्रीका लागि भागबन्डा माग गरेको छ ।कांग्रेस–एमाले गठबन्धनपछि प्रदेशमा नयाँ सरकार बन्ने अवस्थामा रहेकाले शेख् पक्षले आफ्नो समूहका सांसदलाई पनि मन्त्री बनाउन माग गरेको हो ।
साउन ८ गते नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतसँगको छलफलमा प्रदेशमा मन्त्रीको भाग पाउनुपर्ने निष्कर्ष गरेको थियो । अहिले नयाँ गठबन्धन अनुसार लुम्बिनी, बागमती, गण्डकी र मधेशमा नयाँ सरकार बनिसकेको छ । तर, केही प्रदेशमा मन्त्रीको टुंगो लागिसक्दा समेत पार्टी सभापति शेरबहादुर देउवाले कुनै सल्लाह र समन्वय नगरेको नेता कोइरालाको गुनासो छ ।
कोइराला पक्षले कोेशीमा २, बागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना मन्त्री पाउनुपर्ने दावी गरेको छ ।
नेता कोइरालाको सचिवालयका अनुसार बैठकाके निष्कर्ष सभापति देउवालाई सुनाइए पनि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । प्रदेशमा नयाँ सरकार गठन भइरहेको सञ्चार माध्यममा आएका समाचारबाहेक आफूहरु बेखबर रहेको कोइरालाको सचिवालयले जनाएको छ ।
लुम्बिनी सरकारमा मन्त्री पठाउँदा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्ट प्रदेश सभापति अमरसिंह पुनले देउवालाई ब्ुधबार ध्यानाकर्षण पत्र पठाएका थिए । पत्र पठाएपनि सभापति देउवाले वेवास्ता गरेको प्रदेश सभापति पुनको गुनासो छ ।
एमालेसँग सत्ता गठबन्धन गरेपछि सभापति देउवाले सबै पक्षलाई समेटेर सरकारमा लैजाने बताएका थिए । तर, तीन वटा प्रदेशमा नयाँ सरकार गठन भइसक्दा समेत आफ्नो पक्षकालाई मन्त्री नबनाएको कोइराला पक्षको गुनासो रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १० श्रावण २०८१, बिहीबार १५:४९
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
