
काठमाडौं (एजेन्सी) । साउदी अरबमा चरम गर्मीका कारण ज्यान गुमाउने हजयात्रीको सङ्ख्या एक हजार नाघेको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा धेरै दर्ता नभएका तीर्थयात्री रहेका एएफपीले जनाएको छ । हिजो प्रकाशित नयाँ प्रतिवेदनअनुसार हज तीर्थयात्राको क्रममा झण्डै १० देशका एक हजार ८१ जनाको ज्यान गएको अरबका एक कूटनीतिज्ञले बताएका छन् ।
इजिप्ट, मलेसिया, पाकिस्तान, भारत, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया र इराकका नागरिकको हज यात्रामा ज्यान गएको बताइएको छ । अझै अरु थुप्रै तीर्थयात्रीहरू बेपत्ता भएका छन् । इस्लामिक क्यालेन्डरले निर्धारण गरेको समयमा गरिने हज यात्रा यस वर्ष साउदीको चर्को गर्मीको समयमा परेको हो ।
त्यहाँको राष्ट्रिय मौसम विज्ञान केन्द्रले यस हप्ताको शुरुमा मक्काको ग्रान्ड मस्जिदमा ५१ दशमलव आठ डिग्री सेल्सियसको उच्च तापक्रम रिपोर्ट गरेको थियो । गएको महिना प्रकाशित साउदीको एक अध्ययनअनुसार यस क्षेत्रको तापक्रम प्रत्येक दशकमा शून्य दशमलव चार डिग्री सेल्सियसले बढिरहेको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ असार २०८१, शुक्रबार ०८:३२
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
