काठमाडौं । किरात समुदायले उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यो वर्ष जेठ १० गते उभौली परेको थियो ।

किरात समुदायको यो महत्त्वपूर्ण पर्व वसन्त ऋतुमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ । यो पर्वको अवसरमा साकेला सिली नाच्दै १ महिनासम्म मनाउने गरिन्छ ।

साकेला सिली नाच्नुअघि सबैको घरघरमा हुइलुङ पूजा गरिन्छ । उभौलीकै अवसरमा जेठ २६ गते काठमाडौंको टुँडिखेलमा किराती भेषमा युवादेखि वृद्धवृद्धा भेला भएर साकेला सिली नृत्य गरेका थिए ।










रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-10
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
