
काठमाडौं (एजेन्सी) । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो ।
यी पाँचै देशको कार्यकाल २ वर्षको हुने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२५ को १ जनवरीबाट सुरु हुने छ । आगामी ३१ डिसेम्बरदेखि इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीजरल्याण्डको कार्यकाल समाप्त हुनेछ । उनीहरुको स्थान नवनिर्वाचित डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियाले लिने छन् ।
सुरक्षा परिषद्मा पहिलेदेखि नै अल्जिरिया, गयाना, दक्षिण कोरिया, सियरा लियोन, स्लोभेनिया अस्थायी सदस्य छन् । संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्मा १० अस्थायी र ५ स्थायी सदस्य हुन्छन् । अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य हुन् । स्थायी देशहरुलाई भिटो प्रयोग गर्ने अधिकारसमेत हुन्छ ।
१० अस्थायी सदस्य राष्ट्र दुई वर्षका लागि मात्र चुनिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा निर्वाचनमार्फत् अस्थायी सदस्य राष्ट्र चुनिन्छ । महासभाका १९३ सदस्य राष्ट्रहरुले अस्थायी सदस्य राष्ट्र चुन्दा क्षेत्रीय प्रतिनिधित्वलाई समेत ख्याल गरिन्छ ।
५–५ अस्थायी सदस्य राष्ट्र चुन्न हरेक वर्ष निर्वाचन हुन्छ । स्थायी र अस्थायी गरी सुरक्षापरिषदका १५ सदस्य राष्ट्रको जिम्मेवारी विश्वमा शान्ति सुरक्षालाई कायम राख्ने हुन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार १०:०४
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
