
काठमाडौं (एजेन्सी) । इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै सात महिना युद्ध जारी राख्ने सङ्केत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताएको छ । उनले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्र्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गरेको छ ।
हमासविरूद्धको कारबाही शुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू अस्ति बुधवार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी प्रतिक्रिया आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको छ ।
Sudina Shrestha
प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार ०८:४६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
