काठमाडौं (एजेन्सी) । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए ।
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको अस्पतालले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।
प्रत्यारोपणअघि हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो । स्लेम्यानमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण भएपछि अरु बिरामी पनि प्रेरित भएका खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-13
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
