
काठमाडौं (एजेन्सी) । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित थिए ।
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको अस्पतालले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।
प्रत्यारोपणअघि हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो । स्लेम्यानमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण भएपछि अरु बिरामी पनि प्रेरित भएका खबरमा उल्लेख छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३१ बैशाख २०८१, सोमबार ०८:२०
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
