
काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, काठमाडौं शाखाको नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार सम्पन्न ३१औँ साधारण सभाले सभापतिसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन गरेको हो ।
संस्थाको सभापतिमा कृष्ण महर्जन चयन भएका छन् भने उपसभापतिमा हरि गोपाल प्रधान र डा. विमला शाक्य चयन भएका छन् । यस्तै, सचिवमा दिव्यलक्षी बज्राचार्य र सह–सचिवमा हेमा मानन्धर चयन भएका छन् भने कोषाध्यक्षमा किरण महर्जन तथा सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा फूपु तेन्जिङ शेर्पा, माणिकरत्न शाक्य, जुना कुमारी श्रेष्ठ, निर्णय श्रेष्ठ, विरेन्द्रलाल श्रेष्ठ, डा. अरुण शाही र दिपेश कुमार चयन भएका छन् । यस्तै, संस्थाको विधानअनुसार दुई सदस्य रमेश महर्जन र सुरेश सापकोटालाई मनोनीत गरिएको छ । संस्थाको सल्लाहकारमा भागवत श्रेष्ठ, मोहनलाल श्रेष्ठ, निरज रन्जित र प्रकाशकाजी शाक्य सर्वसम्मत चयन भएका छन् ।
Sudina Shrestha
प्रकाशित: ३० बैशाख २०८१, आईतवार ०८:३६
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ