
काठमाडौं (एजेन्सी) । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् ।
उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, डेनमार्क, हङ्गेरी, रोमानिया, सर्बिया लगायत १८ वटा देशका नेताले एकैसाथ निकालेका विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र आक्रमणमा घाइते भएका र अझै क्रासमा रहेका नागरिकको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय रहेको उल्लेख छ ।
गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन सकिने खबरमा उल्लेख छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०८:४२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
