बैशाख (एजेन्सी) । अमेरिकी प्रतिनिधिसभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । अमेरिकी प्रतिनिधिसभामा मतदान भएको राहात प्रस्तावअन्तर्गत युक्रेनले ६१ अर्ब डलर पाउने भएको हो ।
यसैगरी इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १० करोड डलर र सैन्य सहयोगको प्रस्ताव पनि अमेरिकी प्रतिनिधिसभाबाट पारित भएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो । अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।
अमेरिकी सदनमा राहात प्याकेजबारे निर्णय भएपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले यो राहात प्याकेजले युद्ध बिस्तार हुन रोक्ने बताएका छन् । अब यो प्रस्ताव सिनेटले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-21
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
