काठमाडौं (एजेन्सी) । भ्लादिमिर पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तीन जना प्रतिस्पर्धीलाई पछि पारेर पुटिन पाँचौँ पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पुटिनले कुल मतको ८७ प्रतिशत मत प्राप्त गरेका बताइएको छ । चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको र पुटिनले ८० लाख मत प्राप्त गरेको अन्तराष्ट्रिय खबरहरुमा उल्लेख छ ।
पश्चिमा देशहरूले भने पुटिनको निरङ्कुशताका कारण विपक्षीलाई उम्मेदवार बन्न नदिएको र अहिले प्रतिस्पर्धी भनिएकाहरू पुटिनकै नजिकका व्यक्ति भएको आरोप लगाएका छन् । अमेरिकाले चुनावलाई हास्यास्पद र नाटकको संज्ञा दिएको छ ।
जर्मनीले यो चुनावलाई सेन्सरशिप, दमन र हिंसाको बीचमा प्रोक्सी चुनाव भनेको छ । यस्तै बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रुसको चुनावको निन्दा गर्दै यसलाई अवैध भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहहरूले नाटक गरेको आरोप लगाएको छ ।
तर चुनाव जितेपछि पत्रकार सम्मेलन गर्दै रुसी राष्ट्रपति पुटिनले पश्चिमा देशहरूको लोकतन्त्रभन्दा रुसको लोकतन्त्र र चुनाव धेरै विश्वसनीय रहेको बताएको छ । ‘यो चुनाव पारदर्शी र पूर्णरूपमा सही छ । अमेरिकाजस्तो होइन जहाँ १० डलरमा भोट किन्न सकिन्छ’, पुटिनले भनेका छन् ।
उनले युक्रेनमाथिको आक्रमण नरोकिने र नेटोले रुसविरुद्ध कुनै कदम चालेमा आणविक हतियारको प्रयोग हुन सक्ने चेतावनी दोहो¥याए । पत्रकारको एक प्रश्नमा चीनको प्रशंसा गरेका पुटिनले ताइवान चीनकै भूभाग भएको बताए ।
रुसमा तीन दिनसम्म चलेको मतदान रुसले कब्जा गरेको युक्रेनी क्षेत्र जापोरिझिया, खेरसन, डोनेट्स्क र लुहानस्कमा पनि भएको थियो । यस्तै विदेशका सबै दूतावास र कुटनीतिक नियोगमा पनि अनलाइन भोटिङको व्यवस्था थियो ।
सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस इल्तसिन बिरामी परेपछि पुटिनलाई राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २००० देखि चार वर्षबाहेक पुटिन लगातार रुसको राष्ट्रपति छन् । सन् २००८ देखि २०१२ सम्म भने उनी प्रधानमन्त्री थिए ।
७१ वर्षका पुटिन राजनीतिसँगै खेलकुदमा पनि उत्तिकै अब्बल छन् । कराँतेमा उनी ब्ल्याकबेल्ट खेलाडी हुन्, घोडचढीमा पनि उनको विशेष दख्खल छ । पाककलामा पनि पुटिनको दख्खल छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०८:४०
काठमाडौंमा भूकम्पको धक्का महसुस
बालगायक सचिन परियारको निधन
ओलीमाथि भीम रावलको आरोप नै आरोप, ७४ प्रश्न (पूर्णपाठ)
बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्स्पेक्टर विजय कुमार तुलाधरको मृत्यु
परम्परागत खानपान बनाउने सिपयुक्त समूहहरुलाई तालिम प्रदान गर्न उपप्रमुख सुनिता डंगोलको निर्देशन
वसन्तपुरमा मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरसहित)