
काठमाडौं (एजेन्सी) । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ । सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको दावी गरेका छन् ।
इजरायली सेनाले यसअघि अस्पताल वरपर बस्ने मानिसहरूलाई त्यस क्षेत्र खाली गर्न आग्रह गरेका थिए । उनीहरुलाई नटेर्नेहरु पक्राउमा परेको खबरमा उल्लखे गरिएको छ । सेनाका कारण अस्पतालमा शरण लिएका गाजाका धेरै शरणार्थीहरू र बिरामीहरु समस्यामा परेका खबरमा उललेख छ ।
यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ । यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो ।
Sudina Shrestha
प्रकाशित: ६ चैत्र २०८०, मंगलवार ०८:१८
हे युवा तिमी हौ देशको शक्ति – जी.शाह

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने
