काठमाण्डौं (एजेन्सी) । रुसमा भएको राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ ।
रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसकेको बीबीसीले जनाएको छ ।
यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने भएको छ । पुटिनको विपक्षमा विश्वसनीय प्रतिद्वन्द्वी नभएकाले पनि जित्न सहज भएको खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-18
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
