
काठमाडौं (एजेन्सी) । मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ । चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो ।
मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड भयो ।
सर्वाधिक डाउनलोड हुने एपको दोस्रो स्थानमा रहेको टिकटक ७३ करोड ३० लाख पटक डाउनलोड भएको छ । चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको टिकटकको डाउनलोड दरमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ ।
इन्स्टाग्रामले पछिल्लो समयमा अन्य विभिन्न लोकप्रिय सोसल मिडिया प्लाटर्फमका फिचरहरु नक्कल गर्दै आएको छ र त्यसले प्रयोगकर्ताको आकर्षण बढाउनमा सहयोग गरिरहेको छ । यसमध्ये इन्स्टाग्रामले थप गरेको एउटा फिचर रील्स हो । टिकटकको भाइरल भिडियो फिचरको सिको गर्दै इन्स्टाग्रामले सन् २०२० मा रील्स लञ्च गरेको थियो ।
तथ्यांक अनुसार इन्स्टाग्राममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ४७ करोड पुगेको छ भने टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब १२ करोड छन् । सन् २०२३ को पछिल्लो तीन महिनामा टिकटकका प्रयोगकर्ताको संख्या एक करोड २० लाखले घटेको छ ।
Sudina Shrestha
प्रकाशित: २ चैत्र २०८०, शुक्रबार ०८:३९
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
