![](https://ratochandrasurya.com/wp-content/uploads/2024/03/trumph-and-biden.jpg)
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै बाइडेन र ट्रम्पबीच फेरि पनि प्रतिस्पर्धा हुने पक्का भएको हो ।
७० वर्षयता पहिलो पटक अमेरिकी चुनावमा अघिल्लो चुनावकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको हो । सन् २०२० मा भएको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गर्नुभएको थियो ।
८१ वर्षका राष्ट्रपति बाइडेनले धेरै उमेरका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताबारे प्रश्न झेलिरहेका भए पनि पार्टीले भने उहाँलाई नै पत्याएको छ । बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प रिपब्लिकन दलका आधार रहेका मतदातामाझ निकै लोकप्रिय देखिएको छ ।
बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बयान गर्नुका साथै महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गरिरहनुभएको छ । ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहनुभएको छ । अमेरिकाको राष्ट्रपतीय चुनाव आउँदो नोभेम्बर ५ मा हुँदै छ ।
यसैबीच गूगलले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स ९एआई० च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको छ । गूगलले आफ्नो नीतिलाई भारतमा लागू गरिसकेको जनाएको छ । भारतमा आउँदो एप्रिलमा आमचुनाव हुँदैछ ।
एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ कम्पनीले यस्तो कदम चालेको बताएको बीबीसीले जनाएको छ । यो वर्ष अमेरिका, बेलायत, दक्षिण अफ्रिका, भारत, रुसलगायत विश्वका विभिन्न देशमा चुनाव हुँदैछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:३२
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/HVP-Vaccine-copy.jpg)
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/miss-beauty-queen.jpg)
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/miss-beauty-queen.jpg)
विदेशबाट पनि श्रम स्वीकृति
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/Shram.gif)
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/mukumlung.jpg)
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ
![](https://ratochandrasurya.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-04-at-5.35.11-PM.jpeg)