
काठमाण्डौ (एजेन्सी) । नाइजेरियामा गएको बिहीबार अपहरणमा परेका २ सय ५२ जना विद्यार्थीको खोजी चलिरहँदा हिजो थप १९ जना अपहरणमा परेका छन् । सोकोटोको एक विद्यालयबाट १५ जना विद्यार्थी र चार जना महिलालाई बन्धुकधारीले अपहरण गरेका बीबीसीले जनाएको छ ।
स्थानीय सांसद बशीर उस्मान गोराउले हिजो बिहान सबेरै १९ जना अपहरणमा परेका बताउनुभएको खबरमा उल्लेख छ । सेनाले बिहीवार पश्चिमी शहर कुरिगामा अपहरणमा परेका स्कुलका विद्यार्थीहरूको खोजी गरिरहेको छ ।
२ सय ८० जना अपहरणमा परेकोमा कम्तीमा २८ जना विद्यार्थी भाग्न सफल भएका थिए । यो अपहरण सन् २०२१ पछिकै ठूलो हो । मोटरसाइकलमा विद्यालय पुगेका बन्दुकधारीले आठदेखि १५ वर्ष उमेर समूहका प्राथमिक र माध्यमिक विद्यालयका बालबालिकाहरूलाई लगेको विद्यालयका अधिकारीहरू र अभिभावकहरूले बताएका छन् ।
नाइजेरियाली सेना/प्रहरी र स्थानीय खोजी टोलीले अपहरणमा परेका बालबालिकाको खोजी गरिरहेका छन् । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले बालबालिकालाई फिर्ता ल्याउने कुरामा आफू विश्वस्त भएको बताउनुभएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार ०९:४२
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो
