धनुषा । १५ दिनसम्म मनाइने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने परिक्रमामा विभिन्न १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ ।
यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीका मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । आज सबै तीर्थालु हनुमानगढीमा जम्मा हुनेछन् । भोलि बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने पर्सि भारतकै फुलहरको गिरिजा स्थानमा पुगेर विश्राम गर्ने छन् ।
नेपाल र भारतका विभिन्न पवित्र स्थल घुमेपछि आउँदो चैतको १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा सहभागिता भएका छन् ।
उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन्।अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । परिक्रमामा सहभागिता भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवम् मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ फाल्गुन २०८०, आईतवार ०९:३९
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि