
काठमाडौं (एजेन्सी) । माइक्रोसफ्टले विन्डोज सबसिस्टम फर एन्ड्रोइड (डब्लुएसए) बन्द गरेको छ, जसले एन्ड्रोइड प्रायोगकर्तालाई चिन्तित बनाइदिएको छ । यो भर्चुअल मेसिनको मद्दतले अमेजन एप स्टोर मार्केटप्लेसबाट एन्ड्रोइड एपहरु विन्डोज ११ मा प्रयोग गर्न सकिन्थ्यो ।
अमेजनसँग भएको एक सम्झौता पश्चात् माइक्रोसफ्टले उक्त सपोर्ट बन्द गरेको हो । विन्डोजमा सन् २०२१ देखि एन्ड्रोइड सपोर्ट प्राप्त थियो । माइक्रोसफ्टको घोषणा अनुसार गत मंगलबार अर्थात् ५ मार्चदेखि नै विन्डोज ११ का प्रयोगकर्ताहरुले आफ्नो सिस्टममा एन्ड्रोइड एपहरु प्रयोग गर्न पाउनेछैनन् ।
५ मार्चसम्म अमेजन एप स्टोर वा एन्डोइड एप इन्स्टल गरिसकेका प्रयोगकर्ताले भने सन् २०२५ को मार्च ५ सम्म प्रयोग गर्न वा प्राविधिक सहयोग लिन पाउनेछन् । तर अब नयाँ प्रयोगकर्ताले भने विन्डोजमा एन्ड्रोइड एप इन्स्टल गर्न सक्नेछैनन् ।
यस विषयमा अमेजनले पनि विज्ञप्तिमार्फत् जानकारी दिएको छ । अमेजनका अनुसार अब कुनै पनि डेभलपरले उसको एप्लिकेसन स्टोरमा एन्ड्रोइड एप प्रकाशित गर्न सक्नेछैन । तर एप स्टोरमा पहिलेदेखि सूचीकृत भएका डेभलपर्सले भने आगामी वर्षसम्मका लागि अपडेट जारी गर्न सक्नेछन् ।
Sudina Shrestha
प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार ०८:१३
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
