ललितपुर । हीरण्यवर्ण महाविहार ‘क्वाबहाः’ ललितपुरको आयोजनामा यही फागुन ३० र चैत १ गते ‘यल इतिल्हन सम्यक् महादान पर्व’ हुने भएको छ । दीपङ्कर पर्वको नामबाट चिनिने यो पर्वको सुरुआत हीरण्यवर्ण महाविहार निर्माण गरेका मल्ल राजा भाष्करदेवका सन्तति भलिभारोले गरेको मानिन्छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्यक् पर्वको मुख्य दिन फागुन ३० गते बुधवार पाटनका १८ वटा प्रमुख बहाः, बही, चापागाउँ, बुङ्गमति, कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरका महाविहारबाट ल्याइएका दीपङ्कर बुद्ध, आर्यतारा र अन्य देवतालाई साँझ ७ बजेदेखि पाटन दरबारक्षेत्रमा भेला गराइने छ । ज्येष्ठवर्ण महाविहार तंगःबहालबाट ल्याइएको वसुन्धरा देवीलाई यस भेलामा सामेल गराइएपछि यहाँबाट सबै देवगणलाई नागबहाल लगिनेछ ।
यहाँ ती देवगणलाई सूचीअनुसार राति अबेरसम्म ठाउँ तोकेर विराजमान गराइनेछ । चैत १ गते सम्यक् महादान हुनेछ जुन बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनलाई दीपङ्कर बुद्ध र अन्य देवदेवीहरूको पूजाअर्चना र दर्शन गर्न दिइनेछ । त्यसपछि भूमिशोधन पूजा र दानका कार्यक्रम हुनेछन् । वि.सं.१८६१ सम्म हरेक वर्ष हुँदै आएको यो पर्व राजा रणबहादुर शाहका शासनकालदेखि हरेक चार वर्षमा हुँदै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-07
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
