
काठमाडौं (एजेन्सी) । युरोपेली युनियनले प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघनको आरोपमा पहिलोपटक एप्पलविरुद्ध करिब २ अर्ब डलर जरिवाना गर्ने निर्णय गरकेो छ । अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिसलाई अनुचित तरिकाले ग्राह्यता दिएको अभियोग एप्पलमाथि लागेको छ ।
युरोपेली युनियनको प्रतिस्पर्धा कानुन कार्यान्वयन निकायका अुनसार एप बाहिरको वैकल्पिक तथा सस्तो म्युजिक सब्सक्रिप्सन सर्भिसका बारेमा आइओएस प्रयोगकर्तालाई जानकारी दिनबाट एप्पलले एप डेभलपर्सहरुलाई बन्देज लगाएको छ ।
यस्तो कदम गैरकानुनी भएको र यसले दशौं लाख युरोपेली उपभोक्ताहरुलाई प्रभाव पारेको ईयूका प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगर बताउँछन् । एप्पलले करिब एक दशकदेखि यस्तो कार्य गर्दै आएको हुँदा धेरै प्रयोगकर्ताहरुले म्युजिक स्ट्रिमिङ सब्सक्रिप्सनका लागि उल्लेख्य रुपमा उच्च शुल्क तिरेका छन् ।
स्विडेनको म्युजिक स्ट्रिमिङ सर्भिस स्पोटीफाइले पाँच वर्षअघि गरेको उजुरीउपर विस्तृत तथा लामो अनुसन्धान गरी ईयूले एप्पलमाथि १ अर्ब ८० करोड युरो जरिवाना गरेको हो । स्मरण रहोस् एप्पलले प्रतिस्पर्धा विरोधी गतिविधि तथा एकाधिकारवादी कदमहरुका विरुद्धमा विश्वका ठूला प्रविधि कम्पनीहरुमाथि कारबाही गर्दै आएको छ ।
यसअघि उसले गुगल तथा फेसबुकको मातृ कम्पनी मेटालाई पनि अर्बौं डलर जरिवाना गरेको थियो । साथै उसले एप्पलको मोबाइल भुक्तानी सेवाका सम्बन्धमा पनि छुट्टै अनुसन्धान अघि बढाएको छ । एता आफूविरुद्ध २ अर्ब डलर बराबरको जरिवाना गर्ने युरोपेली युनियनको निर्णय विरुद्ध पुनरावेदन गर्ने एप्पलले जनाएको छ ।
एक विज्ञप्तिमा एप्पलले भनेको छ– आयोगले उपभोक्ताहरुलाई क्षति पुगेको भन्ने कुनै विश्वसनीय प्रमाण पत्ता लगाउन असफल हुँदाहुँदै पनि यस्तो निर्णय गरेको छ । यसले विद्यमान प्रतिस्पर्धात्मक र तिव्र रुपमा विकास भैरहेको बजारको यथार्थलाई नजरअन्दाज गरेको छ ।
आयोगले निर्णयले स्पोटिफाइलाई फाइदा पुगेको उसको भनाइ छ । प्रतिस्पर्धाको नाममा युरोपेली कम्पनी स्पोटिफाइलाई फाइदा पुग्ने र उसकै प्रभुत्व स्थापित हुनेगरी आयोगले निर्णय गरेको भन्दै एप्पलले कटाक्ष गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार ०८:३७
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
