
काठमाडौं (एजेन्सी) । रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।
गएको शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ ।
पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ । गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो ।
Sudina Shrestha
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०७:५५
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
