
नेपालगन्ज । बाँकेमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन गरिने भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको हो ।
क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ । ढिकेरीस्थित गणेश माध्यमिक विद्यालयले संरक्षण गर्दै आएको करिब दुई विगाह जमिन उपलब्ध गराएपछि क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी सुरु भएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए । उनले क्षयरोग उपचार केन्द्रको भवन निर्माणको लागि वडा कार्यालय र विद्यालयले जमिन उपलब्ध गराएपछि अव निर्माणको काम सुरु गरिने बताए ।
सरकारले गैरसरकारी संस्था टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगन्जमा भाडाको घरमा क्षयरोग अस्पताल सञ्चालन गर्दै आएको छ । जग्गा नहुँदा यसअघि क्षयरोग अस्पताल निर्माणको लागि सरकारले छुट्याएको बजेट पटक–पटक फिर्ता हुँदै आएको थियो ।
क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको नाममा दुई बिघा जमिन प्राप्त भइसकेकाले अब भवन निर्माण सुरु हुने टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगन्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताए ।
उनले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयले नौ करोड २४ लाखको बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको बताए । सो भवनमा तत्कालको लागि २५ शय्याको क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन गरिनुका साथै बिरामीको लागि आवासीय छात्रावासको समेत व्यवस्था हुनेछ । बिस्तारै स्तरोन्नति गर्दै लैजाने योजना रहेको खड्काले बताए ।
अहिले सरकारको सार्वजनिक निजी साझेदारी नीतिअनुसार गैरसरकारी संस्था टिबी नेपालसँगको सहकार्यमा नेपालगन्ज–४ सल्यानीबागमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ । भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताए । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उनको भनाइ छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:३०
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
