धनकुटा । दुर्गा लक्ष्मी परोपकार संस्थाले निःशुल्क स्वास्थ्य जाँच शिविर तथा खेलकुद सामग्री बितरण गरेको छ । धनकुटास्थित श्रीपञ्चमी पार्कमा रहेको बाल पुनःस्थापना केन्द्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा खेल सामग्री समेत वितरण गरिएको हो ।
बालबालिकालाई खेलकुद सामग्री बितरण गरिएको दुर्गा लक्ष्मी परोपकार संस्थाका माहासचिब डा. सम्पदा श्रेष्ठले कुनै पनि रोगसम्बन्धि समस्याको समुदायस्तरमै गएर जनचेतना जागरण गर्न जरूरी भएकाले निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ चेकजाचँ गरिएको हो ।
स्वास्थ्य शिविरमा बाल पुनःस्थापनाका बालबालिका, स्थानीयलगायत करिव ४० जनाले स्वास्थ्य जाँच गराएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । शिविरमा स्वास्थ्य जाँच गराएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य परीक्षणका क्रममा डाक्टर सम्पदाले बताए ।
दुर्गा लक्ष्मी परोपकार संस्था जिल्ला शाखा सभापति सरस्वति श्रेष्ठको सभापतित्व एवं बाल केन्द्रमा १७ बर्षदेखि बालबालिकाको सेवामा समर्पित ८१ बर्षीय मनमाया तामाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रका बालबालिकालाई स्वस्थ र शारीरिक रूपमा तन्दुरूस्त राख्न खेल आवश्यक भएको भन्दै फुटवल, भलिवल, गुडिया, डल, भाँडाकुटीलगायतका खेलकुदका सामग्री वितरण गरिएको संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
