
काठमाण्डौं । गाजाको पश्चिम क्षेत्रमा अत्यावश्यक सहायता लिन पर्खिरहेका प्यालेस्टिनीको भेलामा इजरायली सेनाले आक्रमण गर्दा १ सय १२ जनाको ज्यान गएको छ । आक्रमणमा परी सात सय ६० जना घाइते भएका छन् ।
घाइतेहरूलाई अस्पताल लगे पनि डाक्टर र उपकरणको अभाव रहेकोले उपचारमा कठिनाइ भएको बीबीसीले जनाएको छ । प्यालेस्टिनीहरु इजरायली ट्याङ्क आएको देखेर लरीबाट ओर्लिएका थिए ।
त्यहीबेला इजरायली सेनाले चेतावनीको रुपमा मात्र गोली चलाएको जनाएको छ । तर प्यालेस्टिनीले सेनाले सिधै उनीहरुलाई आक्रमण गरेको आरोप लगाएका बीबीसीले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणलाई ’नरसंहार’ गरेको आरोप लगाएको छ ।
घटनाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ । फ्रान्सले खाना लगायत अत्यावश्यक सहायताका लागि आएका नागरिकहरू विरुद्ध इजरायली सैनिकले गरेको आक्रमण अनुचित भएको बताएको छ ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमास बीचको युद्धमा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने मध्यस्थकर्ताहरूको प्रयासलाई जटिल बनाउने चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य सुरक्षाका लागि गाजामा रहेको मेडिकल च्यारिटी एमएसएफले यो डरलाग्दो घटना भएको भन्दै तत्काल र दिगो युद्धविरामको लागि आह्वान गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०९:३५
युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola

Kathmandu have intensified security checks across the city due to holi

लागुऔषध गाँजासहित एक जना महिला पक्राउ

आज काठमाडौंसहित पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमारवि धमला निर्वाचित
