
चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते आयोजना गरेकोे ‘रोटरी मिनी म्याराथुन’ मा उनीहरु सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदायबाट ४८ जना महिला र ४१ पुरुष गरी ८९ जना सहभागी हुने भएका आयोजकले जनाए । प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद दुई हजार र छोटो दूरीका चेपाङ महिलालाई एक हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याराथन कार्यक्रमका संयोजक विपिन पोख्रेलका अनुसार खुलातर्फको १५ दशमलव चार किलोमिटर र महिला लक्षित पाँच किलोमिटर दूरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुवै समूहतर्फ गरी छ सय दुईजनाले सहभागिताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता रहनेछ । उनले भने, “जर्मनी र केन्याका दुई/दुईजना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।”
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सीमान्तकृत समुदायका धावकहरुको पनि सो दौडमा सहभागिता रहनेछ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलव चार किलोमिटरको दौड नारायणगढको उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकबाट सुरु हुनेछ भने पाँच किलोमिटरको दौड टिकौली जङ्गलको मध्यभागबाट सुरु गरिनेछ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ ।
भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । क्लबले आयोजना गरेको यो दोस्रो मिनी म्याराथन हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार ०९:२०
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
