धनकुटा । धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् । संस्कृति लोपहुन नदिई बचाई राख्न माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका हुन् ।
लदी भनेको माझी भाषामा नदी अर्थात् कोशीको रूपमा अर्थ लगाउने गरेको सो समुदायको अगुवाहरूको भनाइ छ । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुङ्गा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले–पहिले लदी पूजा गरिन्थ्यो । माझी समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द रहेको सो पूजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका –३ कुसेटारमा मनाएको बताए ।
यो वर्ष चौबिसे गाउँपालिका–५ समुदायमा निकै खुसीयालीपूर्वक मनाएका हौँ । धनकुटाको साप्तिङटार, भैँसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ ।
खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको माझी समुदायको अगुवा देवी माझीले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-29
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
