
जेरुसेलम (एजेन्सी) । इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज ९आईडीएफ० का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।
“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भन्नुभयो । उहाँले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिनुभयो ।
यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।
हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिनुभयो । इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २४ आश्विन २०८०, बुधबार १६:२२
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
