काडमाडौं (एजेन्सी) । क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाले शिख नेताको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कूटनीतिज्ञलाई देश निकाला गरेको हो ।
गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को तल्लो सदन हाउस अफ कमन्समा बोल्दै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको र यस विषयमा छानबिन भइरहेको बताए ।
ट्रुडोले क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकार संलग्न हुनु देशको सार्वभौमसत्ताको उल्लङ्घन भएको र त्यो स्वीकार गर्न नसकिने बताए । क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरिएको जानकारी दिएकी छन् । राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख थिए ।
भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’
क्यानडाको विश्व सिख संगठनले ट्रुडोको आरोपको समर्थन गर्दै केही अन्य क्यानाडाली सिख नेताहरू भारतीय जासूस एजेन्सीहरूको कथित हिट लिस्टमा रहेको बताएको छ ।
भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ । भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन् ।
क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको बताइन्छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-19
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
