
काडमाडौं (एजेन्सी) । क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाले शिख नेताको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कूटनीतिज्ञलाई देश निकाला गरेको हो ।
गत जुन महिनाको १८ तारिखमा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को तल्लो सदन हाउस अफ कमन्समा बोल्दै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको र यस विषयमा छानबिन भइरहेको बताए ।
ट्रुडोले क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकार संलग्न हुनु देशको सार्वभौमसत्ताको उल्लङ्घन भएको र त्यो स्वीकार गर्न नसकिने बताए । क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरिएको जानकारी दिएकी छन् । राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग (रअ)का प्रमुख थिए ।
भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’
क्यानडाको विश्व सिख संगठनले ट्रुडोको आरोपको समर्थन गर्दै केही अन्य क्यानाडाली सिख नेताहरू भारतीय जासूस एजेन्सीहरूको कथित हिट लिस्टमा रहेको बताएको छ ।
भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ । भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ । तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन् ।
क्यानडामा भारतीय मूलका १४ लाख बढी नागरिक रहेको बताइन्छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडामा विपक्षी दल न्यू डेमोक्रेटिक पार्टीका नेता शिख समुदायकै जगमित सिंह छन् ।
Sudina Shrestha
प्रकाशित: २ आश्विन २०८०, मंगलवार ११:३३
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता
