
काठमाडौं (एजेन्सी) । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान बार्सिलोसमा दुर्घटना भएको हो ।
दुर्घटना भएको स्थान मनौसको विमानस्थलबाट ४ सय किलोमिटरको दूरीमा रहेको बताइएको छ । सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: ३१ भाद्र २०८०, आईतवार ११:५०
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
