
त्रिपोली (एजेन्सी) । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ । दशौँ हजार वेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन ९आईओएम०ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ ।
गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।
अन्तरराष्ट्रिय मान्यता प्राप्त लिवियाको अन्तरिम सरकारले पाँच हजार तीन सय जनाले ज्यान गुमाएका बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले आठ हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।
भत्किएका सडक, ध्वस्त सञ्चार सञ्जाल, वर्षौंको गृहयुद्ध र जलवायु परिवर्तनका प्रभावहरूले लिबियालाई विश्वको सबैभन्दा सकसपूर्ण मानवीय सङ्कट भएको देश बनाएको छ । लिबियाका लागि अन्तरराष्ट्रिय उद्धार समितिका देशीय निर्देशक एली अबाउओनले डेर्ना पुरै जलमग्न भएको बताएका छन् ।
सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय शहर टोक्राकोे बाँध पनि भत्किनसक्ने चेतावनी दिँदै तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका बताएका छन् ।
निर्देशक अबाउओनका अनुसार मानवीय सहयोग मन्द गतिमा प्राप्त हुन थालेको छ । मानवीय सहायतासँगै डेर्नालाई तत्काल जनशक्ति आवश्यक परेको छ । धेरै देशले पहिले नै फिल्ड अस्पताल र अन्य सहायता सामग्री पठाइसकेका छन् ।
खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । उनले अन्तरराष्ट्रिय सहायता निकाय र विदेशी सरकारलाई गत साताको मोरक्को भूकम्पपछि सहायता परिचालन भएको गतिमा लिबियालाई सहयोग आवश्यक भएको उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बिडेनले लिबियालाई सहयोग गर्ने घोषणा गर्नुभएको छ भने विश्वका अन्य नेताहरूले पनि सहयोगको वाचा गरेका छन् । लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढीपीडितलाई सघाउन संयुक्त राष्ट्रसङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ भाद्र २०८०, बिहीबार १५:२१
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

कपिलवस्तुबाट आठ महिनामा ८४ जना लागुऔषध कारोबारी पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट

छुट्टाछुट्टै तीन दुर्घटनामा १४ जना घाइते

सरकार विरुद्ध माइतीघरमा विरोध प्रदर्शन

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी
