
काठमडौं (एजेन्सी) । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनीमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।
गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन् ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो । वाकायामा जिल्ला अदालतका प्रवक्ताले एएफपी किमुरालाई हत्या अभियोग लगाइएको बुधबार बताइन् । आक्रमणपछि प्रहरीले खोजी गर्दा किमुराको घरमा बारूद, पाइपलगायत उपकरण फेला परेका थिए ।
सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार किमुरा आफ्नो गिरफ्तारी पछि मौन छन् । हत्या आरोप लगाइनुअघि करिब तीन महिनासम्म किमुराको मनोवैज्ञानिक परीक्षण गरिएको थियो । यसअघि किमुराले निर्वाचनमा भाग लिने देशको न्यूनतम उमेरप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध मुद्दा दायर गरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २० भाद्र २०८०, बुधबार १६:४१
‘शिक्षाका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ’

धनगढीमा नुहाउनेक्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड, ४ हजार बढेर १ लाख ७४ हजार ५०० रुपैयाँ पुग्यो

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

आज तराईमा होली मनाइँदै

युक्रेनसँगको युद्धविराममा सहमत नभए रुसले विनासकारी परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी
