काडमाडौं, १९ भदौ । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो ।
युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारवाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ ।
गत शुक्रबार मियामीको अमेरिका टेभि अखबारमा दुई जना क्युवाली किशोरले आफूहरू ठगिएको तथा युक्रेनमा निर्माणस्थलमा रूसी सेनाको साथमा काम गर्न बाध्य पारिएको बताउँदै आफूहरूको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको समाचार छापिएपछि मानव तस्करीबारे खुलेको हो भने क्युवा सरकारले पनि आफ्नो भनाइ आज सार्वजनिक गरेको हो ।
एक जना पीडितले आफू सुत्न नसकेको तथा आफूमाथि कुटपिट भएको दाबी गरेका छन् । पीडितहरूलाई रुसमा वैधानिक रुपमा बस्न रुसी सेनामा संलग्न गराइएको दस्तावेजमा हस्ताक्षर गराइएको समाचारमा बताइएको छ । यद्यपि यससम्बन्धमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-05
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
