
काठमाडौँ — सन् १९०३ मा आजकै दिन (जुलाई २३) मा अमेरिकी मोटर कम्पनी फोर्डले पहिलो कार बिक्री गरेको थियो । ‘फोर्ड मोडल ए’ नाम दिइएको कार अमेरिकाको सिकागोस्थित डेन्टिस्ट अर्नेस्ट फेनिङलाई बिक्री गरिएको थियो ।
१९०३ को जुनमा हेनरी फोर्डले अन्य ११ जना लगानीकर्तासँग मिलेर अमेरिकाको मिसिगनमा कम्पनी स्थापना गरेका हुन् । १९०४ को अन्त्यसम्म झन्डै दुई हजार कार उत्पादन गरेको थियो । १२ जना लगानीकर्ताले २८ हजार अमेरिकी डलरमा सुरु गरेको कम्पनीले १९०३ को अक्टोबरसम्म ३७ हजार नाफा कमाइसकेको थियो ।
१९०४ को अन्त्यमा कम्पनीले दोस्रो मोडल ‘फोर्ड मोडल सी’ उत्पादन सुरु गरेको थियो । १९०८ को अक्टोबरदेखि बिक्री सुरु गरिएको ‘मोडल टी’ का कार १९२७ सम्ममा डेढ करोडभन्दा बढी बिक्री भएका थिए । फोर्ड हाल विश्वकै पाँचौं ठूलो कार निर्माण कम्पनी हो ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:४९
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
