
काठमाडौं – नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) ले नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।
एनसीएचएललाई आ.व. २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा नेपाल चार्टर्ड एकानउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
अर्वाड प्राप्त गरेसँगै कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो सेवालाई थप सुधार गर्दै लैजाने प्रतिबद्धता जाहेर गरेको छ ।
“सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजरतर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
अघिल्ला वर्षहरूमा पनि एनसीएचएलले आईक्यान तथा साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्सबाट विभिन्न पुरष्कार तथा सम्मानहरू प्राप्त गर्दै आइरहेको छ ।
सन् २०१८ मा सोही अवार्डको सार्वजनिक क्षेत्रको विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरस्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:०७
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
