
यात्रा गतिशील छ। कुनै यात्रा छोटो हुन्छन्, त कुनै लामो हुन्छ र कुनै अविस्मरणीय त कुनै क्षणिक हुन्छ।
यसै यात्राको सिलसिलामा एउटा अविस्मरणीय क्षणको यात्रा संस्करण: पहिलो विदेश भ्रमण र अनुभव हो।
यात्रा केही धेरै समय अघिको हो।
मेरो दैनिकी कामले गर्दा फुर्सद पाएको थिइनँ। फुर्सद नहुँदा मेरो यात्राको अविस्मरणीय यात्राका अनुभवहरू साँचेर राखेको थिएँ। जागिरे जीवनको सिलसिलामा धेरै संघसंस्थामा काम गर्दै आएँ। काम गर्दै जाँदा म एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोष नेपालमा जोडिन पुगेको थिएँ र जुन कार्यक्रमको नाम थियो- हरियो वन कार्यक्रम।
यसै सिलसिलामा मेरो बसाइँ बाँके जिल्लाको कोहलपुरमा रह्यो।
यस कार्यक्रमको नेपालको पश्चिम कार्य क्षेत्रहरू दाङदेखि पश्चिमका ६ वटा जिल्लाहरू दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र डडेलधुरा रहेको थियो। कार्य क्षेत्रमा पर्ने जिल्लाहरूमा अधिक मात्रामा कार्यक्रम सञ्चालन रहेको थियो र यसैको कामको लागि मेरो फिल्ड अनुगमन र भ्रमण नियमित रूपमा रहने गर्थ्यो। नियमित रूपमा हुने कार्यहरूको अथाह रूपमा अनुभवहरू बटुल्न पाएको थिएँ।
म कार्यरत संस्थाको परियोजना कोहलपुरको कार्यालयमा थोरै कर्मचारी थिए। जसमा लेखा, कार्यक्रम र अनुगमन शाखा थिए।
हरेक शाखामा एक जनाको जिम्मेवारी थियो। कार्यक्रम निरन्तर चलिरहेको थियो र हामी आ-आफ्नो काममा प्रतिबद्ध भई कार्य गरिहेका थियौं।
यसै सिलसिलामा म कार्यरत संस्थाको काठमाडौंको कार्यालयबाट मलाई फोन आयो। त्यो फोन थियो- कृतिका विष्ट म्याम जो प्रशासन प्रमुख हुनहुन्थ्यो।
उहाँले भन्नुभयो- पुरन जी तपाईंलाई तालिमको लागि सिफारिस छ। तपाईंसँग राहदानी छ कि छैन? तयार भएर बस्नुस् अनि यो तालिम म्यानमारको देशको यानगुन सहर भन्ने ठाउँमा हुन्छ।
यो खबरपछि म खुसीले गदगद भएँ। यो मेरो लागि नौलो थियो।
यो तालिमका साथसाथै विदेश भम्रण हुने र अनुभव पनि संगाल्ने सुअवसर थियो। त्यसैले म यसका लागि थप तयारी गर्ने थालें।
केही दिनको तयारीपछि म काठमाडौं आएँ। करिब ३/४ दिनको बसाइँ काठमाडौंमै रह्यो। त्यसपछि यात्रा सुरू भयो।
यात्रा सुरू हुने दिन मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै पुग्नु थियो। त्यसैले म सबै तयारीसहित बिहानको खाना खाएर करिब ११ बजेतिर सिद्धार्थ होटेल सुन्धाराबाट प्रस्थान गरें त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर। टिकट अनुसार उडानको समय १ बजे थियो।
त्यो उडान काठमाडौंदेखि सिंगापुरसम्मको थियो र करिब ४ देखि ५ घण्टाको थियो। यात्रामा हाम्रो ३ जनाको टिम थियो जसमा एक जना म कार्यरत संस्थाबाट अनिता अधिकारी म्याडम र केयर नेपालमा कार्यरत श्रृतिना धन्छा म्याडम।
हामी ३ जनाको भेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो अनि टिकट चेकजाचको लागि अघि बढ्यो।
सबै प्रक्रिया पूरा गरी हामी विमानमा चढ्यौं र यात्रा सुरू भयो।
करिब ४ देखि ५ घण्टाको यात्रापछि सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौं। त्यहा पुग्दा रात परिसकेको थियो त्यसैले त्यहाँस्थित एक होटलमा रात बास बस्ने योजना बन्यो।
विमानस्थलबाट हामी होटल जानुभन्दा अघि घुम्न जाने योजना बनायौं र त्यसपछि घुम्न निस्कियौं।
विमानस्थलबाट करिब गाडीमा ३० मिनेटको दुरीमा रहेको एक पर्यटकीयस्थल मारिना बे एण्ड सेंड्स स्थलमा पुग्यौं। यस ठाउँमा हजारौं मान्छेहरूको भिडभाड थियो र हामीले पनि मज्जाले अवलोकन गर्यौं।
रात छिप्पिसकेकोले त्यहाँबाट होटल निस्कने निधो गरियो। सिंगापुर सहर देखेर नेपालमा नेताहरूले गरेको भाषणको याद आयो।
दिनभरिको थकाइले हामी होटलमा छिटो छिटो खाना अर्डर गरी खाएर सुत्न गयौं।
दोस्रो दिन बिहानै चांगी अन्तर्राष्ट्रिय विमानस्थल जानु थियो तर बिहानै म उठ्न सकिनँ। म नउठेपछि म्याडमले म्यासेन्जरमा फोन गर्नु भएको रहेछ त्यो पनि थाहा पाइनँ। पछि होटलको गार्डले म सुतेको कोठामै उठाउन आउनु भयो र बल्ल थाहा पाएँ बिहान भएको अनि गार्डले म्याडमहरू विमानस्थल जाने तयारी अवस्था हुनुहुन्छ तपाईंलाई बोलाई राख्नुभएको छ यति भनेपछि म हतारहतारमा फ्रेस भई तयार हुन थालेँ।
तयारपछि केही छिनमा तल झरें र ट्याक्सीको प्रतीक्षा गर्यौं। केही समयको प्रतीक्षापछि ट्याक्सी आइपुग्यो अनि हामी त्यसैमा चढेर विमानस्थलतर्फ हुँकियौं।
त्यहाँको समय अनुसार बिहान-करिब ७ बजेतिर उडान थियो।
करिब ३० मिनेटपछि हामी विमानस्थल पुग्यौं।
हाम्रो यात्रा सिंगापुरबाट म्यानमार जानु थियो। केही समयपश्चात् हाम्रो उडान भयो म्यानमारका लागि।
हामी करिब २.३० घण्टापछि म्यानमारको याङगुन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं।
जब विमानस्थलमा ओर्लेपछि अचाक्ली गर्मीको महशुस भयो। ओर्लिसकेपछि सबै आआफ्ना लगेजहरू लिएर विमानस्थलबाहिर निस्किए अनि हामीले हामीसँग भएको डलर एक्सचेन्ज गर्यौं।
विमानस्थलबाट बाहिरिएपछि त्यहाँको मौसम, ठाउँ अनि मान्छे देख्दा त आफ्नै नेपालको तराईजस्तै लाग्यो। भाषामात्र फरकको महशुस भयो।
केहीछिनमै हामी होटल जानलाई ट्याक्सी लियौं र लागियो होटलतिर।
हामी ट्याक्सीमा गफ गर्दै बाटोबाट देखिने सहर हेर्दै करिब १ घण्टाको यात्रापछि याङगुन सहरको एक पाँचतारे होटलमा पुग्यौं।
हाम्रो तालिम र बसाइँ त्यही होटलमा थियो। होटलमा पुगेपछि चेक-इन गरेर आआफनो कोठामा गयौं।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:५८
बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा : स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल

सल्यान जिप दुर्घटना

Federal Democratic Republic grants right to hold those in power accountable: President

सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटाउने निर्णय

इन्डोनेसिया र फ्रान्ससँग हवाई सम्झौता गर्ने तयारी नेपाल
